काठमाडौं । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको सभापतित्वमा विशेष कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा राष्ट्र बैंकले सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित गरेको छ । वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० मा रेमिट्यान्स कम्पनीहरूमध्येबाट सबैभन्दा बढी २७ दशमलव पाँच प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा आइएमईलाई सम्मानित गरेको हो ।