युरोप । युरोपेली संघका खाद्य सुरक्षा अधिकारीहरूले भारतबाट उत्पादन भएका पाँच सय २७ खाद्य उत्पादनहरूमा क्यान्सर निम्त्याउने रसायनहरू फेला परेको दाबी गरेका छन् । एमडीएच र एभरेष्टलगायतका प्रख्यात भारतीय मसला ब्रान्डहरूले अनुमति पाएको स्तरभन्दा माथि ‘एथिलीन अक्साइड’ नामक रसायनको ट्रेस भएको आरोपमा छानबिन गर्दा सो तथ्य थाहा भएको युरोपेली संघले जनाएको छ ।
भारतका यी उत्पादनहरूलाई हङकङ र सिंगापुरले यसअघि नै प्रतिबन्ध लगाएका थिए । अब युरोपेली संघले पनि सोही नीति लिनसक्ने देखिएको छ । हङकङ सरकारको खाद्य सुरक्षा केन्द्रले अप्रिल ५ मा एमडीएच समूहको मद्रास करी पाउडर, सम्भर मसालाका तीनवटा मसाला, पाउडर र करी पाउडरको मिश्रणमा धेरै इथिलीन अक्साइड मिसाइएको पाइएको बताएको थियो ।