काठमाडौँ, जेठ २९
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लकडाउनको अवधिमा पनि १३ करोड ११ लाख ५९ हजार दुुई सय ९५ रूपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार चैत ११ गते लकडाउन घोषण भएपश्चात्को पछिल्लो तीन महिनाको अवधिमा उक्त परिमाणको रकम दाबी भुक्तानी गरिएको हो । यसअन्तर्गत बीमित यति प्लाष्टिक इण्डष्ट्रिज प्रालिलाई तीन करोड ६७ लाख ५० हजार तथा ओम प्लाइउड एण्ड फर्निचर इण्डष्ट्रिज प्रालिको एक करोड ५९ लाख रूपैयाँबराबरको दाबीहरू फछ्र्यौट गरी दाबी रकमको चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आव २०७५/२०७६ मा कुल एक अर्ब १३ करोड ९८ लाख एक सय ८७ रूपैयाँ दाबी भुक्तानी गरेको थियो भने आव २०७६/२०७७ हालसम्मको अवधिमा ७९ करोड दुुई लाख आठ हजार छ सय ३९ रूपैयाँ दाबी भुक्तानी गरिएको कम्पनीले जानकारी दिएको छ ।
विश्वव्यापी महामारिको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण सिर्जित असामान्य परिस्थितिले सामाजिक, आर्थिक क्रियाकलापलाई दीर्घकालीन असर पु¥याइरहेको परिप्रेक्ष्यमा सिद्धार्थ इन्स्योरेन्स बीमा दाबी भुक्तानी गर्नतर्फ केन्द्रित रहेको कम्पनीले जानकारी दिएको छ । यस विषम परिस्थितिमा समेत बीमितका आकांक्षाअनुरूपको बीमा सेवा प्रदान गर्ने लक्षका साथ नेपाल सरकारले तोकेको मापडण्डअनुरूप सुरक्षात्मक विधि अपनाई लकडाउनको समयमा सीमित कर्मचारीहरूद्वारा सामाजिक तथा भौतिक दूरी कायम गर्दै कार्यालय सञ्चालन गरी बीमा दाबीे फछ्र्यौट कार्यलाई उच्च प्राथमिकता साथ सम्पन्न गरिदाबी रकम भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ ।
कम्पनीले बीमितको हितलाई केन्द्रबिन्दुमा राखेर बीमा दाबीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमादाबी फछ्र्यौट प्रक्रियालाई अझ सरल, सुलभ र पारदर्शी बनाउनेतर्फ कम्पनी प्रतिबद्ध रहेको जानकारी पनि दिएको छ । चुक्ता पुँजी एक अर्ब रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १६ करोड तीन लाख ३६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १८ करोड १० लाख १८ हजार रूपैयाँ रहेको थियो ।