काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम५५ फाइभजीको अनावरण गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी एम५५ फाइभजीमा आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, मात्र ७.८ एमएमको चौडाइ, सुपर स्लिक र हल्का वजन रहेको छ ।
यस्तै, यो फोनमा पाँच हजार एमएएच ब्याट्री रहेको छ, यसको ४५ वाट सुपर–फास्ट चार्जिङले प्रयोगकर्ताहरूले कम समयमा नै मोबाइल चार्ज गरी दिनभर कनेक्टेड रहन सहयोग गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा उच्च रिजोल्युसन, सेक–फ्रि भिडियो र फोटोहरूको लागि ५० एमपी (ओआईएस) नो सेक क्यामेरा पनि उपलब्ध छ । यस्तै, यसमा डिफेन्स–ग्रेड नक्स सेक्युरिटी र सामसङ नक्स भल्टको साथ प्रयोगकर्ताहरूले हार्डवेयर र सफ्टवेयर आक्रमणविरुद्ध कडा सुरक्षा पाउन सक्छन् । क्विक सेयरले टाढाबाट पनि कुनै पनि उपकरणसँग तत्काल फाइल सेयर गर्ने सुविधा प्रदान गर्छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एम५५ फाइभजीको ८/२५६ जीबी संस्करणको मूल्य ४८ हजार नौ सय ९९ रुपैयाँ र १२/२५६ जीबी संस्करणको ५३ हजार नौ सय ९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । साथै, सामसङ इन्स्टा फाइनान्स सेवामार्फत विनाब्याज यो फोन प्रतिमहिना दुई हजार चार सय ४९ रुपैयाँको किस्ताबन्दीमा समेत पाइनेछ ।