काठमाडौं । सेयर बजार परिसुचक नेप्से झण्डै २६ अंकले उकालो लागेको छ । अघिल्लो दिन शुन्य दशमलव सात अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार २५ दशमलव ९३ अंकले उकालो लागेर दुई हजार छ दशमलव २८ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज पाँच दशमलव ५८ प्रतिशतले बढेर तीन सय ५७ दशमलव ५४ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसबाट आज तीन सय २० वटा कम्पनीहरुको ७५ हजार दुई सय ७१ पटक सेयर किनबेच भएको छ। सो अनुसार आज एक करोड १८ लाख ३८ हजार एक सय ५० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ८० करोड ४४ हजार छ सय एक रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये फाईनान्स उपसमुहको सुचक ओरालो लागेको छ । यि बाहेक बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक भने आज उकालो लागेका छन् ।