काठमाडौं, आर्थिक दैनिक प्रालिका अध्यक्ष एवं संस्थापक सम्पादक प्रह्लाद रिजालमाथि सांघातिक आक्रमणको असफल प्रयास भएको छ । मंगलबार बिहान सवा नौ बजेतिर स्थानीय टोले बाहुबली विजय मालीले पत्रकार रिजाललाई बाटो छेकेर धम्क्याएका हुन् । क्षत्रपाटी चोकबाट ढल्कोतिर जाँदै गरेका बाहुबली मालीले विपरीत दिशातर्फ जाँदै गरेका रिजाललाई फर्किएर आएर बाटो छेकेर धम्क्याएका हुन् ।
ओई, तँलाई मैले कस्तो अवस्थामा भेटेको याद छ नि, त्यही ...को छोराको पछिपछि लुते कुकुरजस्तो पछि लागेको छस् तँलाई के गर्नुपर्छ भन्ने मलाई थाहा छ, राम्रोसँग चिन म को हुँ भनेर भन्दै टोलेगुण्डा विजय मालीले बाटो छेकेर धम्क्याएका हुन् ।
उक्त घटनाको तत्कालै नेपाल प्रहरी र वडा कार्यालयलाई जानकारी गराइएको छ । पर्दापछाडिबाट टोलेगुण्डा मालीलाई उक्साउने केही व्यक्तिसँग टोलेगुण्डा मालीको हिजै मध्यान्नपछि लामो मिटिङ भएको थाहा भएको छ ।