काठमाडौं, नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ भने पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य यथावत् राखेको छ । निगमले भारतबाट मूल्य घटेर आएपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटाउने निर्णय गरेको हो ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर डिजेल र मट्टीतेलको मूल्य एक सय ५६ रुपैयाँ ५० पैसा तोकेको छ ।
त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य एक सय ५८ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक सय ५९ रुपैयाँ तोकेको छ ।निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । निगमले आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर सात अमेरिकी डलर बढाएको छ । निगमले समायोजन गरेको नयाँ मूल्य आज बिहान एक बजेदेखि लागू भएको छ ।a