काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमबाट ग्राहकहरूलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले क्युआर टेलरको शुभारम्भ गरेको छ । फाइनान्सका अध्यक्ष युवराज भण्डारीले सो क्युआर टेलरको शुभारम्भ गरेका हुन् ।
सो समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी तथा संस्थाका अन्य कर्मचारी तथा ग्राहकहरूको उपस्थिति रहेको थियो ।
क्युआर टेलर सुविधाबाट संस्थाका ग्राहकहरूले सो प्रविधिमार्फत नगद भुक्तानी लिन सक्नेछन् । यस प्रविधिले ग्राहकहरूलाई आफ्नो कारोबार गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ । सो क्युआर टेलर सुविधा संस्थाले हाललाई काठमाडौं उपत्यकाको शाखाहरूमा सुरुवात गरेको छ भने निकट भविष्यमा देशभरका सबै शाखाहरूमा सुरुवात गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरू, चार वटा विस्तारित काउन्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवा, मोबाइल बैंकिङ सेवाहरूजस्ता आधुनिक बैंकिङ सेवाहरू समेत प्रदान गर्दै आइरहेको बताइको छ ।