मस्को, जेठ ३०
सन् २०२० को जनवरी–मे महिनामा रूसको पुँजी बहिर्गमन १८.८ प्रतिशतले बढेर ३३.५ अर्ब अमेरिकी डलर पुगेको प्रारम्भिक तथ्यांकलाई उद्धृत गर्दै रूसी केन्द्रीय बैंकले बिहीबार जानकारी गराइएको छ । रूसको निजी क्षेत्रले सन् २०२० को पहिलो पाँच महिनामा विश्वका अन्य मुलुकमा गरेको लगानी बढेको र यसका कारण बैंकहरूको बाह्य दायित्वहरूको कारोबार रकममा तुलनात्मक रूपमा उल्लेखनीय कटौती भएको बैंकले जनाएको छ ।
पहिलो त्रैमासिकमा रूसको व्यापार बचत ४१.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो बचत ४३ अर्ब २० करोड अमेरिकी डलर रहेको थियो । व्यापार बचतमा कमी आउनुलाई प्रतिकुल अन्तर्राष्ट्रिय अवस्था जिम्मेवार भएको बैंकले जनाएको छ । मुख्यतया देशको बाह्य कर्जा सञ्चालनसम्बन्धी खर्चका कारण यो समयमा रूसको अन्तर्राष्ट्रिय बचतमा दुई अर्ब ५० करोड अमेरिकी डलरको कमी आएको छ ।