काठमाडौँ । प्रा. प्रवलराज पोखरेल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा नियुक्त भएका छन् ।
विश्वविद्यालयको उपकुलपति प्रा डा केशरजङ्ग बरालले पोखरेललाई यही वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेको विश्वविद्यालयले जनाएको छ । सोह्र वर्षअघि पनि सोही विभागको प्रमुख भएका प्रा. पोखरेल लामो समयदेखि पत्रकारिता अध्यापनमा छन् ।
प्राध्यापक पोखरेलले विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रको प्रवर्द्धन, प्राज्ञिक उन्नयन र अध्ययन अनुसन्धानका साथै प्राविधिक तथा मानवीय स्रोत, साधनमा राज्यको लगानी वृद्धि हुनुपर्नेमा जोड दिए ।