काठमाण्डौं । एभरेस्ट बैंकले यही वैशाख २३ गते आयोजित विशेष कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिका वडा नं १०, आदर्शनगरस्थित आफ्नो वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं ४ आदर्शनगरमा आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ तथा सेवाहरू सुरु गरेको छ । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगञ्ज चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्यलगायतसो क्षेत्रका उच्च पदस्थ व्यतिmत्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उपे्रतीले नवनिर्मित आफ्नै भवनबाट ग्राहकहरूले अझ बृहत् र परिष्कृतबैंकिङ सेवा तथा सुविधा सरल, सुलभ र सहजरूपमा उपभोग गर्न सक्ने बताए ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखिनै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो एक सय २८ वटा शाखा सञ्जाल, चार वटा एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरू, एक सय ६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।