काठमाण्डौं । कोका–कोला नेपालले युथ डायलगको तेस्रो संस्करण सुरु गरेको छ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा एक सय ३६ विद्यार्थीहरूले ‘एक्स्प्लोरिङ सोलुसन्स फोर ए सस्टेनेबल फ्युचर’ अर्थात् दिगो भविष्यका उपायहरूको बारेमा छलफल गरेका छन् ।
ग्लोकल प्राइभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिसा श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूको बारेमा छलफल गरेका थिए । उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यको लागि युवाहरूको सामूहिक र व्यावहारिक कदमहरूको बारेमा छलफल भएको थियो ।