काठमाडौं । आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार तुलनामा कम पानी पर्ने भए पन अर्को हप्तासम्म नै पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । शनिबार र आइतबार भने धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारत बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ । यी सबैको संयुक्त प्रभावले बादल लाग्ने र पानी पर्ने भएको हो । आज बिहानपख पनि कोशी प्रदेशमा हल्का र काठमाडौंमा छिटपुट वर्षा भएको थियो ।
महाशाखाले जारी गरेको बुलेटिनमा आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको उल्लेख छ । अहिले प्रिमनसुन अवधि चलिरहेकाले हावाहुरी, चट्याङ र वर्षा हुने गर्दछ ।