काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गएराति दरबारमार्गबाट स्रोत नखुलेको रकम सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।