दोलखा । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जिपछिरिङ लामाले आफ्नो गृहजिल्ला दोलखामा तेस्रोपटक स्वास्थ्य चौकीहरूलाई एम्बुलेन्स सहयोग गरेका छन् ।
लामाले जिल्लाका दुई वटा स्वास्थ्य चौकीमा एक/एक वटा एम्बुलेन्स सहयोग गरेका हुन् । उनले आमाबाबुको नाममा स्थापना गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको तर्फबाट भीमेश्वर नगरपालिका– ८ को बोच स्वास्थ्यचौकी र बिगु गाउँपालिका– १ स्थित गोंगर स्वास्थ्यचौकीलाई एक–एक वटा एम्बुलेन्स सहयोग गरेका छन् । तेङिमा–दाडोमा फाउन्डेसनको नामबाट उनले जिल्लाका दुर्गम ठाउँ र विपन्न नागरिकहरू औषधि उपचारमा समेत सहयोग गर्दै आएका छन् । लामाले मंगलबार एक कार्यक्रमका बीच काठमाडौंमा एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।