काठमाडौं । अवैध बाटोबाट अमेरिका र क्यानडा पुर्याइदिने प्रलोभन देखाएर ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अमेरिका र क्यानडा पुर्याउने प्रलोभन देखाएर केन्यामा नेपालीहरुलाई अलपत्र पोर्ने गिरोहकालाई पक्राउ गरेको हो ।
अमेरिका लैजाने भन्दै जना नेपालीलाई केन्यामा ९ महिनासम्म केन्यामा बन्दक बनाएका उनीहरुलाई पक्राउ गरेर प्रहरील्े आज सार्वजनिक गरेको हो । केन्यामा बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।
गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको छ । पक्राउ पर्नेम सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली– १ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका– १ की १९ वर्षीया नीमा शेर्पा रहेका छन् ।
पीडितबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्याइ बन्धक बनाइएको एसएसपी भट्टराईले जानकारी दिए । ‘प्रहरीले समात्छ भन्ने लागेपछि गिरोहले बन्धक बनाएका नेपालीलाई पासपोर्ट फिर्ता गरेको देखिन्छ । त्यसपछि पीडितहरु नेपालबाट पैसा मगाएर स्वदेश फर्किएका हुन,’ उनले भने ।
प्रहरीले पक्राउ परेको गिरोहले अझै पनि १५ जना नेपालीलाई क्यानडा र अमेरिका पु¥याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको दाबी गरेको छ ।