काठमाडौं । पश्चिम पृतना हेड क्वाटर, पोखरामा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । चार दिनेसम्म सञ्चालन भएको कार्यक्रम आज समापन भएको हो ।
कार्यक्रमको समापनमा पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोष बल्लभ पौड्यालले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुहुने सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गर्नुहुँदै प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रमका सहभागीहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा जानकारी गराइनुका साथै विभिन्न स्थानहरुको स्थलगत अवलोकन भ्रमण लगायतका विविध गतिविधिहरु सञ्चालन गरिएको थियो । यस किसिमको कार्यक्रमबाट देशका विभिन्न क्षेत्रहरूमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता हुने विश्वास लिएको सेनाले जनाएको छ ।