काठमाडौं, जेठ ३२
नेपाल राष्ट्र बैंकले आफ्ना पाँच कार्यकारी निर्देशकको जिम्मेवारी परिवर्तन गरेको छ । राष्ट्र बैंकका अनुसार कार्यकारी निर्देशक भुुक्तानी प्रणाली विभागमा सरुवा गरिएको छ । यसअघि कँडेल आन्तरिक लेखापरीक्षण विभागको प्रमुुख रहेका थिए । यसैगरी जनशक्ति विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीलाई पनि राष्ट्र बैंकले वित्त कम्पनी सुपरिवेक्षण विभागमा सरुवा गरेको छ । रामु पौडेललाई पनि वित्त कम्पनी सुपरिवेक्षण विभागबाट जनशक्ति व्यवस्थापन विभागमा सरुवा गरिएको छ । रेवती नेपाललाई भने भुक्तानी प्रणाली विभागबाट मुद्रा व्यवस्थापन विभागमा सरुवा गरेको छ । विश्रुत थापालाई भने मुुद्रा व्यवस्थापन विभागबाट आन्तरिक लेखापरीक्षण विभागमा सरुवा गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
१८ अर्ब ३१ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा : नेपाल राष्ट्र बैंकको १८ अर्ब ३१ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा रहेको छ । राष्ट्र बैंकका अनुुसार उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ चैत मसान्तमा १८ अर्ब ३१ करोड रुपैयाँ पुुगेको हो । यसअन्तर्गत साधारण पुनर्कर्जा १५ अर्ब २१ करोड र निर्यात पुनर्कर्जा ७४ करोड ४४ लाख रुपैयाँ उपयोग भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
भूकम्पपीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७६ चैत मसान्तमा एक अर्ब ८९ करोड रहेको छ । यस्तो कर्जा १५ सय ९२ ऋणीले उपयोग गरेका छन् । राष्ट्र बैंकका अनुसार २०७६ चैत मसान्तसम्ममा कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २३ हजार चार सय नौ जना ऋणीको ५० अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत पाँच हजार दुुई सय ५० ऋणीको तीन अर्ब ४१ करोड रुपैंयाँ कर्जा बक्यौता रहेको छ ।