काठमाडौं,गएराति काठमाडौंमा एक युवकको हत्या भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित भित्री सडकको बीच बाटोमा युवकको हत्या भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो। उनीमाथि धारिलो हतियार प्रहार भएको थियो। प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।