काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । अघिल्लो कारोबार भन्दा आज सुनको मूल्य पाँच सय रुपैयाँले महंगो भएको छ भने चाँदी १० रुपैयाँले सस्तो भएको हो ।
शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँ बढेर छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रूपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने १० रुपैयाँले सस्तो भएको छ । शुक्रबार प्रतितोला १ हजार सात सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार सात सय २५ रूपैयाँमा किनबेच भइरहेको छ ।