दोलखा,जिल्लाको बैतेश्वर गाउँपालिका ८ क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार तथा खेतबारी जोत्ने मिनि हाते ट्याक्टर वितरण गरिएको छ्।वडाले गाउँपालिका चालु वर्ष विनियोजित बजेट मार्फत किसानलाई मौरीघार तथा गत वर्षको देशभर फैलिएको लम्पिस्किन रोगको कारण गोरु मरेका किसानलाई खेतिपाती गर्न सहज होस् भन्ने उदेश्यले सामुहिक रूपमा प्रयोग गर्नेगरी ७ थान हाते ट्यक्टर अनुदानमा वितरण गरिएको वैतेश्वर गाउँपालिका(८ का वडा अध्यक्ष शान्तबहादुर जिरेल जानकारी दिए।
वडा किसान ७ थान हातेट्याक्टर र मौरीपालक किसानलाई ४८ थान घार वितरण गरेको उनले बताए।वडानम्बर(८ मा मौरी पछिल्ला वर्षहरु मौरी पालनमा किसानहरु आकषिर्त बन्दै गएकाले मौरी पालनलाई व्यवसायीक रूपमा विस्तार गर्ने उदेश्यले चालु वर्ष ४८ वटा मौरीघार वितरण गरिएको अध्यक्ष जिरेलले बताए । त्यस्तै बर्खायाम लागेसगै र गत वर्षको लम्पिस्किन रोगले पशुक्षति बेहोरेका क्षेत्रपाका स्थानीय किसानलाई खेतिपाती लगाउन सहज होस भन्ने उद्श्यले ट्यक्टर वितरण गरिएको उनले जानकारी दिए।
वडानम्बर(८ मा गाउँपालिका तथा वडाले चालु वर्ष २० थान हाते ट्यक्टर वितरण गरिसकेको छ् । यता गाउँपालिकाले चालु वर्षनै अन्य ७ वटा वडाहरुमा पनि ७० वटा मौरी पालन गर्ने घार वितरण गर्ने सुरु गरेको छ्।गाउँपालिकाले किसानको मागलाई मध्येनजर गर्दै यस वर्ष वडा नम्बर(१ देखि ७ सम्म ७० वटा मौरीघार वितरण गर्ने वैतेश्वर गाउँपालिकाको कृषि शाखाले जनाएको छ।