काठमाडौं । सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले आत्माहत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका– ४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । घटनाको अनुसन्धानका लागि डिएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । रानादम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिए।