काठमाडौं । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँले घटेर एक लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

सोमबार सुनको भाउ तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय १५ रुपैयाँ रहेको थियो ।