काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाण्डौ उपत्यकामा बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाण्डौ उपत्यकाको चक्रपथबाहिर र भक्तपुरको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिने बताएका हुन् ।
उनले काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्जलगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी सङ्कलन गरी वितरण गर्ने प्रवर्द्धन मिलाइने पनि बताए । यस्तै सरकारको नीति तथा कार्यक्रममा तीनै तहको समन्वय र नागरिकको सहभागिता सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । ‘एक घर एक धारा’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि उल्लेख छ ।