काठमाडौं, जेठ ३२ नागरिक लगानी कोषले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कोषको बुुधबार बसेको छ सय ४४औं बैठकले आफ्नो २५औं वार्षिक साधारणसभा यही असार २० गते गर्ने घोषणा गरेको हो । उक्त वार्षिक साधारणसभामार्फत कोषले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । उक्त वार्षिक साधारणसभा मार्फत कोषले बोनस सेयर वितरण गरेपश्चात कायम हुुने चुक्ता पुँजीको ८२ दशमलव आठ प्रतिशत अर्थात् एक बराबर शून्य दशमलव ८२ प्रतिशतको अनुपातमा हकप्रद सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।