काठमाडौं । विनवार्ड्स भोलक्यानोजसँगको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । गएराती अमेरिकाको पार्क हिल मैदानमा भएको खेलमा घरेलु टोली विनवार्ड्सले दिएको एक सय ९७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । भुर्तेलले ७१ रन बनाए भने ऐरीले अविजित ५२ रनको पारी खेले । त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहे ।
यस अघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९६ रन बनाएको थियो । टी–२० विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग भोलि र आउँदो शनिवार गरी दुई अभ्यास खेल खेल्नेछ ।