काठमाडौं । ज्योति क्यापिटलले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ‘ज्योति क्यापिटल निःशुल्क डिम्याटर मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ । सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो सर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरूलाई पनि सेयरबजारतर्फ आकर्षित गरी सम्पन्न बनाउन उक्त योजना ल्याएको छ । योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउने छन् ।
ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा कम्पनीको आधारिक लिंकमा क्लिक गरी खोल्न सकिनेछ । उक्त योजना आगामी मिति २०८१ वैशाख २६ गते देखि २०८१ जेष्ठ २६ सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिने छ ।
हरेक ग्राहकहरूको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । साथै, ज्योति विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ ।