काठमाडौं, जेठ ३२ सजिलो लघुुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असार २१ गते आफ्नो दोस्रो वार्षिक साधारणसभाको आह्वान गरेको हो । संस्थाको यही जेठ २९ गते बसेको सञ्चालक समितिको ६०औं बैठकले वार्षिक साधारणसभा आह्वान गरेको हो । सभाले उक्त साधारणसभामार्फत गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । यसका अतिरिक्त संस्थाले सोही साधारणसभा मार्फत सजिलो लघुुवित्त र समिट लघुुवित्तीय संस्थालाई मर्ज गर्ने प्रस्ताव पारित गर्नेछ ।