काठमाडौं, जेठ ३२
सनराइज बैंकले कर नीतिसम्बन्धी तालिम प्रदान गरेको छ । बैंक तथा नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा आधारभूत लेखा तथा कर नीतिसम्बन्धी तालिम सम्पन्न गरेको हो । अनलाइन वेभनारमार्फत सोमबार उक्त तालिम सम्पन्न गरेको बैंकले जनाएको छ । कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले २०७७ र ७८ आर्थिक वर्षको लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरू, कर विवरण र कर दाखिला समयसिमाका बारेमा चार्टर्ड एकाउन्टेण्ट तथा करविज्ञ अरुण राउतले जानकारी दिएका छन् ।
शैक्षिक परामर्श व्यवसायजस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा करसम्बन्धी विभिन्न समस्याहरूको निदानको बारेमा राउतले स्पष्ट पारेका छन् । कार्यक्रमलाई परामर्श केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायत वरिष्ठ पदाधिकारीहरूद्वारा वेभनार मार्फत जोडिएका धेरै सदस्यहरूले उठाएका लेखा तथा करसम्बन्धी जिज्ञासाहरूको व्यावहारिक समाधानको बारेमा प्रकाश पारेका छन् । साथै यससम्बन्धी कार्यक्रमको भिडियो रेकर्ड युट्युब च्यानलमा राखी सबै सदस्य तथा सरोकारवालाहरूलाई लाभान्वित बनाइने बैंकले जनाएको छ ।