काठमाडौं, जेठ ३२
राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा ९६ लाख ५५ हजार चार सय १० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाले २६ लाख १९ हजार रूपैयाँ खुद नोक्सानी बेहोरेको थियो । हाल चुक्ता पुँजी १७ करोड ५० लाख रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६१ करोड ६२ लाख ६५ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ५३ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ करोड ७५ लाख २० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकमम ६७ लाख १५ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४२ प्रतिशत रहेको छ । संस्थाले गत आवको सोही अवधिमा ४४ करोड ३२ लाख ६१ हजार रूपैयाँ निक्षेप संकलन गरी ९५ करोड तीन लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८९ लाख ९७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।