काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलब खाताअन्तर्गत दुर्घटनामा परी मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमाअन्तर्गतको १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकको आर्दशनगर वीरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबुप्रसाद यादवको बाइक दुर्घटनामा मृत्युपश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबीअनुसार मिति २०८१ वैशाख ३० गते उक्त बीमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो ।
बैंकका चिफ बिजनेस अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख सुशील थपलियाले उक्त मृत्यु दाबी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् ।