काठमाडौँ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । उनको उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा बिहीबार ८५ वर्षको उमेरमा निधन भएको नेपाली सेनाले जनाएको छ । उनको तीन छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए । उनको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो ।