काठमाडौं, जेठ ३२ बीओके क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा महेश मिश्र नियुक्त भएका छन् । बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनीकोरूपमा रहेको क्यापिटलको ५९औं सञ्चालक समितिको बैठकले मिश्रलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै उक्त बैठकबाट बीओके क्यापिटल मार्केट लिमिटेडको सञ्चालकमा चन्द्रराज शर्मालाई नियुक्त गरेको छ । शर्मा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट क्यापिटलको सञ्चालकमा नियुक्त भएको कम्पनीले जानकारी दिएको छ ।