काठमाडौँ । स्थानीय बजारमा आइतबार तोलामा एक हजार छ सयले सुनको मूल्यमा वृद्धि भएको छ । छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आइतबारका लागि भने एक लाख ४० हजार नौ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।