काठमाडौं । सुजल डेरी प्रालिले नवीनतम ब्रान्ड रस बदाम ड्रिङ्क बजारमा ल्याएको छ । रस बदाम ड्रिङ्कमा प्रयोग भएको क्यालिफोर्नियन अलमोन्डस्, उत्कृष्ट केसर र पोखराका स्थानीयसँगबाट संकलन गरिएको दूधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कम्पनीको दाबी छ ।
रस बदाम ड्रिङ्क अन्तर्राष्ट्रियस्तरको अटोमेटेड मेसिनबाट उत्पादन गरिन्छ । यसले शरीरलाई चाहिने ऊर्जा पूर्णरूपले प्रदान गर्ने कम्पनीको दाबी छ । सफलता र निरन्तर प्रयासलाई प्रोत्साहन गर्नका लागि कम्पनीले ‘गेट गोइङ, किप गोइङ’ नामक सन्देश पनि ल्याएको छ । रस बदाम ड्रिङ्कको १८० एमएल क्यानको मूल्य एक सय रुपैयाँ कायम गरिएको छ ।