काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नि ग्रुपले सार्वजनिक गरेको ‘महिन्द्रा उत्सव २०२३’ विशेष योजनाका लक्की ड्र विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरिएको छ ।
महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि लागु गरेको सो योजनाअन्तर्गतका विजेताहरूको नामावली लक्की ड्रमार्फत २०८० चैत्र ६ मा सार्वजनिक गरिएको थियो । लक्की ड्रमार्फत वीरगञ्ज निवासी आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी, बिर्तामोड निवासी मिसेक फ्याकले जावा फोर्टी टु मोटरसाइकल र चरिकोटबाट देवकोटा निर्माण सेवा प्रालिले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेका थिए । विजेताहरूलाई स्थानीय कार्यक्रममार्फत उपहार प्रदान गरिने कम्पनीले जानकारी दिइएको थियो ।
त्यसै अनुरुप ५ केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेका चरिकोटका देवकोटा निर्माण सेवा प्रालिलाई वैशाख २६ गते काठमाडौंमा उक्त पुरस्कार हस्तान्तरण गरिएको थियो । त्यसैगरी जावा फोर्टी टु मोटरसाइकलका विजेता मिसेक फ्याकलाई बिर्तामोडमा वैशाख २७ गते स्थानीय कार्यक्रममार्फत उक्त पुरस्कार हस्तान्तरण गरिएको थियो भने महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी जितेका आदेश कुँवरलाई वीरगञ्जमा वैशाख २९ गते उक्त पुरस्कार हस्तान्तरण गरिएको थियो ।