नयाँदिल्ली । भारतीय सेयरबजारबाट साढे तीन अर्ब डलरबराबरको विदेशी लगानी बाहिरिएको छ । भारतमा चुनावी नतिजाको अनिश्चितता र सेयरबजारमा उच्च वृद्धिका कारण विदेशी लगानीकर्ताहरु भारतको सेयरबजारबाट बाहिरिन खोजिरहेका छन् ।
लगानीकर्ताहरु चुनावी अनिश्चितताका कारण भारतीय सेयरबजारबाट बाहिरिएर चिनियाँ सेयर बजारमा प्रवेश गरिरहेका छन् । इकोनोमिक टाइम्सले उल्लेख गरेअनुसार भारतमा बिक्रीचाप बढेको र त्यो लगानी चीनतर्फ गएको छ । सन् २०२३मा चिनियाँ सेयरबजारबाट बाहिरिएका विदेशी लगानीकर्ता भारतीय बजारमा भित्रिएका थिए ।
पछिल्लो समय चिनियाँ सेयरबजारमा कम्पनीहरुको सेयरमूल्य भारतको भन्दा निकै सस्तो भएको र चीन सरकारले सेयरबजार सुधारका लागि कार्यक्रमहरु घोषणा गरेपछि लगानीकर्ताहरु फेरि चीनतर्फ आकर्षित भएका हुन् ।