काठमाडौँ । राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभाको सोमबारको बैठकमा पनि अवरोध गरेपछि अध्यक्ष दाहालले गतिरोध अन्त्यका लागि राष्ट्रियसभालाई माथिल्लो सभाका हैसियतले अभिभावकीय भूमिका खेल्ने अवस्था बनाउन लाग्नुपर्ने बताए ।
अध्यक्ष दाहालले महत्वपूर्ण विधेयक, नीति तथा कार्यक्रममाथिको छलफल, बजेट प्रस्तुतिलगायत कार्यभार रहेकाले संसद्का बैठक नियमित सञ्चालनका लागि आग्रह गरे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले भने आफ्नो स्थानबाट उठेर विरोध जनाइरहे पनि अध्यक्ष दाहालले सोमबारको बैठक स्थगन गरे । यही जेठ ८ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्ने गरी राष्ट्रियसभाको अर्को बैठक स्थगित भएको छ ।