कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नागरिकता किर्ते गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो । उनले दुईवटा नागरिकता नम्बर राखि बिभिन्न संस्थामा पेस गरेको आरोप लागेको छ ।

सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।