काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २७ दशमलव ५४ अंकले उकालो लागेको बजार परिसुचक (नेप्से) साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन २३ दशमलव ९४ अंकले उकालो लागेर २१ सय १५ दशमलव ९४ बिन्दुमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५३ अंकले उकालो लागेर तीन सय ७७ दशमलव ६० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ७३ हजार छ सय ६७ पटक सेयर कारोबार भएको छ । जसबाट एक करोड ३२ लाख ४१ हजार दुई सय १७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब २० करोड ६२ लाख आठ हजार एक सय ११ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज बिकास बैंक र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् । यि बाहेकका बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।