काठमाडौं । सेयर बजारको उकालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै २४ अंकले उकालो लागेको बजार परिसुचक नेप्से आज पुन १५ दशमलव ५४ अंकले उकालो लागेर २१ सय ३१ दशमलव ४९ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शुन्य छ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ६७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको ७९ हजार ५१ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ४४ लाख १९ हजार पाँच सय २१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६८ करोड ७६ लाख ८० हजार नौं सय १२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेका छन् भने फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका नौ वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।