काठमाडौं। सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्त्ता दिनमणि पोखरेल विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । महान्यायाधिवक्त्ताको कार्यालयले २०८१ वैशाख २४ गते गृहमन्त्री लामिछानेलार्य सहकारीको रकम हिनामिनामा कुनै उजुरी नाहेरी नरहेको पत्र दिएको थियो ।
तर अदालतका मुख्य रजिष्ट्रारले उनको रिट दरपिठ गरिदिएका थिए। दरिपिठविरूद्ध भट्टराईले सर्वोच्च अदालतमा अर्को रिट दिएका थिए। बुधबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजालसले अधिवक्ता भट्टराईको रिट दर्ता गर्न आदेश दिएको हो। भट्टराईले रिटमा महान्यायाधिवक्ता कार्यालयको पत्रको वैधतामाथि प्रश्न उठाएका थिए।