काठमाडौं । पोखराको लेक साइडमा अवस्थित होटेल सरोवर प्रालि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले विशेष छुट पाउने भएका छन् । बैंकका अनुसार मंगलबार छुट्टाछुट्टै समारोहका बीच होटेल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटेल सरोवरमा उपलब्ध सेवाहरूजस्तै आवास, खाना, मनोरञ्जन सभा हल र पौडीलगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरूजस्तै खाना, खाजा, तथा मनोरञ्जन सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तररूपमा लागिरहेका प्राडा भरत पहारीद्वारा सञ्चालित होटेल सरोवर पोखराको लेक साइडमा एकै छानामुनि अत्याधुनिक सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा सङ्गीतप्रेमी लक्षित होटल तथा रेस्टुरेन्टको रूपमा बहुचर्चित पाइन्छ । त्यसैगरी ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर तीन सय दुई वटा शाखा कार्यालयहरू, दुई सय ८५ वटा एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ विश्वास दिन्छौँ’ मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ ।