कोलम्बो । अत्यधिक प्रचारित खेलाडी लिलामीको एक दिनपछि श्रीलंकाको प्रिमियर लिग (एलपीएल)मा एक टि–२० टोलीका विदेशी मालिकलाई बुधबार भ्रष्टाचारको आशंकामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

दाम्बुला थन्डर्सका मालिक तथा बंगलादेशी मूलका बेलायती नागरिक तमिम रहमानलाई दुबईका लागि उडान भर्नुअघि मुलुकको मुख्य विमानस्थलमा रोकिएको प्रहरीले बतायो ।