काठमाडौं, असार १
नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी)को खुद मुनाफा सामान्यरूपमा बढेको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक अर्ब १६ करोड ५८ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब १६ करोड ४० लाख ३० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी नौ अर्ब ३५ करोड ३९ लाख १७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६६ अर्ब छ करोड ६० हजार रूपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ४९ करोड आठ लाख ६७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब ५० करोड ६२ लाख ६९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बंैंकमा दुुई दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा ६५ अर्ब ९७ करोड ९७ लाख ९९ हजार रूपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ८५ करोड नौ लाख ३२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब २३ करोड आठ लाख ६८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।