काठमाडौं, असार १
मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा ५२ लाख ९७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ९७ लाख १२ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी सात करोड रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५२ करोड ८८ लाख छ हजार रूपैयाँ निक्षेप संकलन गरी ७९ करोड ३७ लाख ७९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार करोड ९९ लाख ९२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ६८ लाख ३८ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव १४ प्रतिशत रहेको छ । संस्थाले गत आवको सोही अवधिमा भने ४४ करोड ३९ लाख ७४ हजार रूपैयाँ निक्षेप संकलन गरी ८३ करोड ४६ लाख २० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ६१ लाख २४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।