काठमाडौं : अपदस्त राजा ज्ञानेन्द्र शाह भोली (शुक्रवार) सिंगापुर जाने कार्यक्रम रहेको बझिएको छ । उनी सिंगापुर एयरलाइन्सको जहाजबाट सिंगापुर जान लागेका हुन् । उनको सिंगापुर बसाई करिब एक महिनाको हुने बुझिएको छ । उनी के मख्सतका लागि एक महिना सिंगापुर बस्ने गरि जान लागेका हुन् सो कुरा कतै बाट खुल्न आएको छैन् तर उनी सिंगापुर जानु अगि भारतको हरिद्वारबाट पिठाधिश्वर स्वामी कैलानन्द गिरी विशेष दुतका रुपमा नेपाल आएर उनीसंग भेटवार्ता गर्ने कार्यक्रम रहनुलाई निकै रहस्यमय मानिएको छ । विहिवार साँझ काठमाडौ आउन लागेका गिरीले अपदस्त राजा ज्ञानेन्द्र संग आजै राती निर्मल निवासमा भेटवार्ता गर्ने थाहा भएको छ ।