काठमाडौं, असार १
गुुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खुद मुनाफामा सामान्यरूपमा गिरावट आएको छ । फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा पाँच करोड २० लाख ६८ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा पाँच करोड ५८ लाख ५६ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८० करोड रूपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार अर्ब ४४ करोड ८२ लाख २६ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३५ करोड तीन लाख ७९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ९० लाख एक हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
फाइनान्सले गत आवको सोही अवधिमा चार अर्ब ३१ करोड आठ लाख ६१ हजार रूपैयाँ निक्षेप संंकलन गरी तीन अर्ब २२ करोड १५ लाख १३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड २३ लाख ७३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव सात प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।