काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।

राष्ट्रपतिको स्वकीय सचिवालयले राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे जिज्ञासा राखेको जनाएको छ । प्रधानमन्त्री दाहालले संसद्मा जारी गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको जानकारी दिएका थिए ।