काठमाडौं, असार १
स्टान्डर्ड चार्टर्ड बैंकको खुुद मुनाफा आर्जनमा गत आवको नौ महिनाको तुुलनामा सामान्य वृद्धि भएको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक अर्ब ८० करोड २५ लाख ९५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ७३ करोड ४४ लाख ७७ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब एक करोड १४ लाख ३१ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८८ अर्ब ५१ करोड ४३ लाख आठ हजार रूपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५१ करोड ४२ लाख आठ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७९ करोड ४७ लाख ७१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने ७५ अर्ब ७३ करोड १५ लाख २७ हजार रूपैयाँ निक्षेप संंकलन गरी ५३ अर्ब नौ करोड २१ लाख १७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ५५ करोड ६० लाख २७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।